मंगलबार, मंसिर ११, २०८१
06:51 | १२:३६

महान्यायाधिवक्ता खरेलले दिए राजीनामा

रासस मार्च १९, २०२१


काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

उनले शुक्रबार महान्यायाधिवक्ताको कार्यालयमा पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिएको जानकारी गराए ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले २०७४ फागुन ८ गते उनलाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेकी थिइन् ।

प्रधानमन्त्रीसँग आफूले सल्लाह गरेर नै राजीनामा दिएको र आगामी दिनमा आफू सक्रिय राजनीतिमा क्रियाशील रहने खरेलले बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू