नेपालमा थप ७९ जनामा संक्रमण पुष्टि
निको हुने दर ९८.६ प्रतिशत


काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ७९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ३११ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा कारोनाका कारण कसैको पनि मृत्यु भएको छैन । अहिलेसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार ३१७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ७५ पुगेको छ । योसँगै उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ७१ हजार ४०१ रहेको छ । नेपालमा निको हुने दर ९८ दशमलव ६ प्रतिशत छ ।
अहिले देशभर ८९५ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ४४ जना क्वारेन्टिनमा रहेका छन् । अन्य आइसोलेशनमा छन् । हालसम्म नेपालमा २२ लाख १८ हजार ७२२ को पिसिआर परीक्षण भएको छ ।
हालसम्म तीन हजार १४ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५