बेलायतको जनगणनामा नेपाली युवा समेट्ने प्रयास


लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युके, इंग्ल्याण्ड समन्वय राज्यपरिषद्ले आगामी २१ मार्चमा हुने जनगणनामा युवा तथा नयाँ पुस्तालाई समावेश गर्न पहल गरेको छ । परिषद्ले जनगणनामा बेलायतस्थित नेपाली नयाँ पुस्ताको सहभागिता बढाउने लक्ष्यसहित सोमबार जुम अन्तरक्रिया आयोजना गरयो ।
एनआरएनए यूके इंग्ल्याण्ड राज्य समन्वय राज्यपरिषद् जनगणना सचेतना कार्यक्रमकी युवा संयोजक अहिल्या सुवालले संयोजन गरेको कार्यक्रममा सिएनएस यूके अध्यक्ष एवम् अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक डा कृष्ण अधिकारी र ओएनएसका समीर गुरुङले जनगणनाको महत्वका बारेमा जानकारी गराएका थिए ।
अधिकारीले विगतमा गरिएको जनगणनाका बारेमा विस्तृत जानकारी गराए । त्यस्तै, गुरुङले जनगणनामा बेलायत सरकारले कसरी काम गरिरहेको छ भन्ने बारेमा बताए । उनले जनगणनाका बारेमा केही जिज्ञासा भए एनआरएनए यूके र सिएनएस यूकेमार्फत सल्लाह लिन सकिने जानकारी गराए ।
सचेतना कार्यक्रममा जनगणनाको महत्वकै बारेमा चेल्सी गुरुङले मन्तव्य राखेकी थिइन् । बेलायतमा जन्मिएका युवा पुस्तालाई समेटिएको जुम सचेतना अन्तरक्रियामा सहभागी सबैलाई परिषद् सचिव गोविन्द खरेलले स्वागत गरे । जनगणना सचेतना कार्यक्रमका संयोजक तथा एनआरएनए यूके इंग्ल्याण्ड राज्य परिषद्का अध्यक्ष दिपक श्रेष्ठले युवा पुस्ताले जनगणनामा सहभागिता जनाई भविष्यमा नेतृत्व लिनु पर्ने बताए ।
जुम अन्तरक्रियामा सहभागी युवाहरुलाई सम्बोधन गर्दै एनआरएनए युकेकी अध्यक्ष पुनम गुरुङले जनगणनामा सहभागी हुन र एथ्निसिटीबारे सोधिएको प्रश्नमा ‘नेपाली’ लेख्न विशेष अनुरोध गरिन् । सुस्मिता थापाले संचालन गरेको सचेतना अन्तरक्रियामा सहभागीहरुलाई युवा संयोजक सुवालले धन्यवाद ज्ञापन गरेकी थिइन् ।
अन्तरक्रियामा एनआरएनए यूके उपाध्यक्ष रोजिना राई, महिला संयोजक प्रसुना कंडेल लगायतको सहभागिता थियो । त्यस्तै, रेनुका श्रेष्ठ, समिर श्रेष्ठ, ऐश्वर्या श्रेष्ठ, अमृता गिरी, यमुना अली, दीपा गुरुङ, इर्भिन श्रेष्ठ, दीपक थापा मैथाने, रोजन श्रेष्ठ, सोहन सुवाल, अन्जु खड्का लगायतका युवा सहभागी थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५