जनगणनामा नेपालीलाई अधिक सहभागी गराउन २१ सदस्यीय हेल्पलाइन
लण्डन । आगामी २१ मार्चमा हुने राष्ट्रिय जनगणनामा नेपाली समुदायलाई अधिक सहभागी गराउने कार्यमा सहयोग गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके, इंग्ल्यान्ड राज्य परिषद्ले २१ सदस्यीय हेल्प लाइन स्थापना गरेको छ ।
जनगणना जनचेतना अभियान अन्तर्गत उक्त हेल्प लाइन संचालन गर्ने गरी प्रारम्भिक रुपमा २१ सदस्यीय हेल्प लाइन सुरूवात गरिएको हो ।
हेल्प लाइनको संयोजन पुण्य रेग्मीले गर्नेछन् । जनगणना फारम भर्दा आइपर्ने कुनै पनि समस्याको समाधान गर्न हेल्प लाइनले भूमिका निर्वाह गर्ने संयोजक रेग्मीले बताए ।
जुम मिटिङमा हेल्प लाइन टीमलाई डा. कृष्ण अधिकारी र नरेश खपांगी मगरले जुम मार्फत तालिम दिई जनगणना फारम कसरी भर्ने र के के बुंदाहरूमा सजग रहनु पर्ने कुराको जानकारी दिए ।
जनगणना सम्बन्धी कुनै पनि सहयोगका लागि निम्न अनुसारको टिमसंग सम्पर्क राखी सहयोग लिन एनआरएनए युके इंग्ल्यांड राज्य परिषदले अनुरोध गरेको छ ।
१. पुण्य रेग्मी – संयोजक –०७४६८५३६५६४
२. हेम गुरूङ – ०७८८०५५४६४३
३. राजेन गुरूङ – ०७४४४२८८४७२
४. बिक्रम भट्टराई – ०७९१५०४६२०३
५. बाचस्पति रेग्मी – ०७४२७०२२९३१
६. भोला बिक्रम राई – ०७४७७९८६०७६
७. मेनुका खाँड – ०७७३७८६८४७०
८. भीम महेन्द्र गुरूङ – ०७८१५०३११२७
९. भीम सारू – ०७४११९४३१५७
१०. ज्ञानेन्द्र आले – ०७५८४२४१७६२
११. बाल कृष्ण भुसाल – ०७४२६३९६९९०
१२. शुशील प्रजापति – ०७८३७८४६५६२
१३. सुरेन रूपाखेती – ०७५३८०७६८६२
१४. महेश अधिकारी – ०७९२१५२०४१५
१५. श्रीचन्द्र गुरूङ – ०७८५९०३९०९०
१६. हरि भट्टराई – ०७९७७९८४३३३
१७. दीपक सापकोटा – ०७७९६०६५६३८
१८. पवन शर्मा – ०७८७५६६३९९१
१९. शंकर भन्डारी – ०७५०८०४०२५०
२०. लक्ष्मण गौतम – ०७७९१३१४६०५
२१. ऐश्वर्य खड्का –०७७८७७३५२०४
स्वयंसेवकको रूपमा सहयोग गर्न इच्छुकहरुले हेल्प लाइन संयोजक पून्य रेग्मीलाई सम्पर्क गर्न वा E-Mail [email protected] मा जानकारी गराउन इंग्ल्याण्ड राज्य समन्वय परिषद यूकेले अनुरोध गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५