ट्वीटरका संस्थापकको पहिलो ट्वीट २५ लाख डलरमा लिलामी
सानफ्रान्सिस्को, २३ फागुन–– विश्वप्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरका संस्थापक ज्याक डोर्सीले आफूले गरेको पहिलो ट्वीट बिक्रीका लागि लिलामीमा राखेका छन् । उनको त्यो पहिलो ट्वीटलाई शनिबार २५ लाख डलरमा लिलामीमा स्वीकार गर्न प्रस्ताव प्रस्तुत भएको थियो ।
डोर्सीले बिक्री गर्न खोजेको उक्त ट्वीटलाई ब्लकचेन टेक्नोलोजी मार्फत भर्चुअल वस्तुका रुपमा बिक्री गरिने छ ।
सन् २००६ मार्च २१ मा डोर्सीले ‘जस्ट सेटिङ अप माई ट्वीटर’ अर्थात् ‘भर्खरै मैले ट्वीटर खाता खोलें’, घोषणा गरेका थिए ।
गत शुक्रबार डोर्सीले ट्वीटका लागि स्थापित अनलाइन बजार ‘भ्यालुएबल्स एट सेन्ट’ मा एउटा लिंक राखेका थिए । यहाँबाट लगानीकर्ता वा संग्रहकर्ताले आफ्ना ट्वीटहरु किनबेच गर्न पाउँछन् ।
शनिबार डोर्सीका ट्वीट खरिद गर्न दुई व्यक्तिबीच प्रतिस्पर्धा चलेको थियो । ट्रोन नामको ब्लकचेन प्लेटफर्मका संस्थापक जस्टिन सनले २० लाख डलरमा डोर्सीको ट्वीट खरिद गर्न इच्छा देखाएका थिए । तर ब्रिज ओराकलका प्रमुख कार्यकारी सिना एस्टाभीले सोही ट्वीट २५ लाख डलरमा खरिद गर्ने घोषणा गरेका थिए ।
डोर्सीको उक्त ट्वीट डोर्सी र ट्वीटरले अनलाइनबाट नहटाउँदासम्म सबैले अनलाइनमा देख्न पाउने छन् ।
आजभोलि महत्वपूर्ण क्षणका घटनाक्रमलाई ‘नन–फंगिबल टोकेन (एनएफटी)’ मार्फत सुरक्षित गरी बेच्न सकिने बनाइएको छ । गत महिना अमेरिकी बास्केटबल खेलाडी लिब्रोन जेम्सको एउटा क्षण (टप सट) को भिडियोले २ लाख ८ हजार डलर कमाउन सफल भएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५