सरकार र नेत्रविक्रमबीचको सहमतिमा हस्ताक्षर



नेपाल सरकार र विद्रोही नेकपा विप्लव समूह बीच हस्ताक्षर कार्यक्रममा उपस्थित प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेत्रविक्रम चन्दको रोहवरमा गृहमन्त्री रामबहादुर थापा बादल र खडकबहादुर विश्वकर्मा प्रकाण्ड सम्झौतापत्रमा हस्ताक्षर गर्दै । तस्वीर- प्रदीपराज वन्त, रासस
काठमाडौँ, २१ फागुन– प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दको उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज हस्ताक्षर भएको छ ।
सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री एवं वार्ता टोलीका संयोजक रामबहादुर थापा र सदस्य डा राजन भट्टराई तथा नेकपाका तर्फबाट वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा र उदय चलाउनेले आज राष्ट्रियसभागृहमा आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोह’ मा हस्ताक्षर गरे ।
दुवैपक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाले शान्तिपूर्ण राजनीतिक गतिविधि चलाउने र सरकारका तर्फबाट पार्टीका नेताकार्यकर्ता रिहाइलगायत तीनबूँदे सहमति भएको थियो ।

गृहमन्त्री रामबहादुर थापा बादल सम्झौतापत्रमा हस्ताक्षर गर्दै ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५