शनिबार, फागुन १७, २०८१
प्रतिनिधिसभाको बैठक २३ फागुनमा बोलाउन सिफारिश


रासस
फ्रेब्रवरी २६, २०२१
काठमाडौं । सरकारले यही फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिश गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको बैठकका लागि सिफारिश गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतको फैसलाअनुसार सरकारले प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका अनुसार प्रतिनिधिसभाको बैठक यही फागुन २३ गते बोलाउने विषयमा छलफल भएको हो ।
सर्वोच्च अदालतले यही फागुन ११ गते १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५