नेपाल–बंगलादेश युवा सम्मेलन शनिबार


काठमाडौं । कोभिड–१९ का कारण प्रभावित हुँदै आएको चौथो नेपाल–बङ्गलादेश युवा सम्मेलन काठमाडौँमा शनिबारदेखि शुरु हुनेछ ।
दिगो विकास लक्ष्य, जलवायू परिवर्तन तथा प्रकोप नियन्त्रण, युवा सहभागिता र उद्यमशील विकासका विषयमा सम्मोलन केन्द्रित हुने आयोजक प्रतिनिधि अभिनव चौधरीले जानकारी दिए ।
युवा विकास केन्द्र र साउथ एसिया पार्टनरसिप (साप) नेपालको आयोजना तथा बङ्गलादेश राजदूतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय युवा परिषद्को सहकार्यमा हुने सम्मेलनमा दुई देशको व्यापारका सम्बन्धमा युवाको भूमिकाका विषयमा छलफल हुनेछ । सम्मेलनमा दुवै देशका कलाकारले लोक संस्कृति प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।
सम्मेलनमा द्विपक्षीय सम्बन्ध विस्तार र कोभिडपछिको अवस्थामा जनस्वास्थ्यमा कसरी सहकार्य गरेर अघि बढ्न सकिन्छ भन्ने विषयमा छलफल हुनेछ । यसअघि पहिलो र तेस्रो सम्मेलनमा काठमाडौँमा भएको थियो ।
दोस्रो पूर्वी नेपालको इटहरीमा भएको थियो । यसपालि बंगलादेशमा गर्ने भनिए पनि सम्भव नभएपछि नेपालमा नै गर्न लागिएको आयोजकले जनाएको छ ।
पाँचौँ संस्करण भने बंगलादेशमा विसं २०७८ को शुरुआतमै हुने जनाइएको छ । सम्मेलनमा २५ बंगलादेशी युवासहित ६५ जनाको सहभागिता रहने बताइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५