मंगलबार, फागुन १३, २०८१
१० वर्षे बालकको गायनमा ‘हेर्ने आंखा’


नेपाली लिङ्क
फ्रेब्रवरी १७, २०२१
काठमाडौं । काठमाडौंस्थित एलिट ग्रयाण्ड स्कुलमा कक्षा ४ मा अध्ययनरत १० वर्षे बालक विनम्र सुवेदीले सुमधुर गायनमार्फत दर्शकश्रोताको मन जितेका छन् । विनम्रको गायनमा हालै सार्वजनिक ‘हेर्ने आंखा’ बोलको गीतलाई रुचाइएको हो ।
गीचमा सुवास जोशीको संगीत छ भने अकेस्टिक गीतारमा सुवास जोशी, बांसुरी रत्न बिके र तबलामा जगन्नाथ धौगडाको साथ छ । रचना डिपी खनालले गरेका हुन् ।
उक्त गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ ।
विनम्रले आफ्नो स्वर धेरैले रुचाएको भन्दै दर्शक-श्रोता र परिवारप्रति आभार व्यक्त गरेका छन् । सानैदेखि विद्यालयका गतिविधिमा गीत प्रस्तुत गर्दै आएका विनम्र भविष्यमा गायनलाई निरन्तरता दिने सोच रहेको बताउंछन् ।
भिडियो-
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५