नेपाल चलचित्र कलाकार संघ बेलायतमा ७ सल्लाहकार चुनिए


लन्डन । नेपाल चलचित्र कलाकार संघ बेलायतमा ७ जना सल्लाहकार चुनिएका छन् । शाखा अध्यक्ष रोमियन लिम्बुको अध्यक्षतामा सम्पन्न संस्थाको भर्चुअल कार्यसमिति बैठकले ति सल्लाहकार चयन गरेको हो ।
चुनिएका सल्लाहकारहरुमा याक्थुङ चुम्लुङ मङ्गेना यूके अध्यक्ष कमला सेन्दाङ लिम्बु, साहित्यकार शान्ति लिम्बु, गैर आवासीय नेपाली संघ यूके इंग्ल्याण्ड राज्य समन्वय परिषद्का उपाध्यक्ष एलबीजेड (रबीन) गुरुङ, गीतकार कल्पना आङबुहाङ, एभरेष्ट क्यास एण्ड क्यारीका महाप्रवन्धक आशबहादुर गुरुङ, व्यवसायी मधुकर गुरुङ र गोर्खा सर्भिस लिमिटेडकी प्रवन्ध निर्देशक सुमन पुन छन् ।
अध्यक्ष रोमियन लिम्बुले नयां सल्लाहकारहरुलाई बधाइ दिंदै उनीहरुको जिम्मेवारीले संस्थाले अझ रचनात्मक र प्रभावकारी काम गर्न सफल हुने विश्वास व्यक्त गरेकी छन् । उक्त संस्थाले बेलायतमा नेपाली चलचित्र प्रवर्धन र प्रसारप्रचारका लागि काम गर्दै आएको छ । नेपाली कलाकारहरुलाई अप्ठेरो पर्दा सहयोग गर्ने लक्ष्य पनि संस्थाको छ । संस्थाले कोभिड संकटका बेला आर्थिक सहयोग समेत गरेको छ ।
संस्थाले लकडाउन अन्त्य भएपछि एउटा देशभक्ति गीतमा सबै उमेर समूहका कलाकार समेटेर बेलायतमा म्यूजिक भिडियो बनाउने तयारी गरिरहेको पनि अध्यक्ष रोमियन लिम्बुले बताइन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५