नेपालमा थप १३४ मा संक्रमण पुष्टि


काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १३४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ५६७ जनाको स्वास्थ्य परीक्षण गर्दा ६३ महिला र ७१ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
त्यस्तै, पछिल्लो समय कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या भने शून्य रहेको छ । आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार ३४९ छ । त्यस्तै पछिल्लो समय थप ११८ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६८ हजार ५४९ रहेको छ ।
अहिले देशभर एक हजार ७५३ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ८८ जना क्वारेन्टिनमा रहेका छन् । एक हजार ७५३ जना आइसोलेशनमा, ७२ जना आइसियुमा र १६ जना भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २१ लाख चार हजार ६२६ को पिसिआर परीक्षण भएको छ ।
हालसम्म कोरोनाबाट दुई हजार ४७ जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५