शुक्रबार, वैशाख १२, २०८२
लगातार चार घण्टा गाएका राज्यमन्त्री मानन्धरलाई वर्ल्ड रेकर्डको प्रमाणपत्र


नेपाली लिङ्क
फ्रेब्रवरी ३, २०२१
काठमाडौं । लगातार चार घण्टा पाँच मिनेट २० सेकेण्डसम्म गीत गाएर गिनिज वर्ल्ड रेकर्ड कायम गरेका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई उक्त कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।
भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा उनलाई भारतका सामाजिक न्याय तथा अधिकारिकता राज्यमन्त्री रामदास आठवलेले उक्त प्रमाणपत्र हस्तान्तरण गरे । मन्त्री मानन्धरले गत पुस १० गते सो अवधिमा गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा शहरी विकास राज्यमन्त्री मानन्धरले नेपाल भारतबीच पौराणिक कालदेखि सम्बन्ध रहेको बताउँदै दुई देशबीचको सम्बन्ध थप सुमधुर बनाउन सबै पक्षले भूमिका खेल्नुपर्नेमा जोड दिए ।
मन्त्री मानन्धरसँग बुधबार दिल्ली अध्ययन केन्द्रले अन्तरक्रिया आयोजना गरेको छ । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीले कार्यक्रमको संयोजन गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५