बुधबार, माघ ९, २०८१
17:11
|
२२:५६
जर्मनीमा कोभिड सङ्क्रमित ५० हजार बढीको मृत्यु
रासस/एएफपी
जनवरी २२, २०२१
फ्रैंकफर्ट, ९ माघ–जर्मनीमा कोभिड–१९ सङ्क्रमित ५० हजारभन्दा बढीको मृत्यु भएको जर्मनीका रोबर्ट कोच इन्स्टिच्युट रोग नियन्त्रण केन्द्रले जानकारी गराएको छ । जर्मनी सङ्क्रमणका आधारमा विश्वको १० औँ बढी प्रभावित मुलुक हो । अमेरिका, भारत, ब्राजिल, रूस, बेलायत, फ्रान्स, स्पेन, इटाली र टर्की बढी कोभिड–१९ सङ्क्रमित रहेका मुलुकहरूको क्रमशः अग्र नौ स्थानमा रहेका छन् ।
एशियाली मुलुकहरूमा भारत, चीन, पाकिस्तान, बङ्गलादेश,जापान, कोरिया र लगायतका मुलुकहरूमा सङ्क्रमितको सङ्ख्या उच्च रहेको छ । जर्मनीमा पछिल्लो २४ घण्टामा सङ्क्रमित हुनेको सङ्ख्या ८५९ रहेको र अहिलेसम्म कोभिड–१९ सङ्क्रमपछि मृत्यु भएका व्यक्तिको सङ्ख्या ५० हजार ६४२ पुगेको पुष्टि केन्द्रले गरेको हो ।
जर्मनीमा सन् २०२० को सुरूदेखि नै सङ्क्रमित देखिएपनि वर्षको पहिलो छ महिनामा अन्य केही यूरोपेली मुलुकको तुलनामा सङ्क्रमण दर निकै कम थियो । जर्मनीमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या २१ लाख १० हजारभन्दा माथि पुगेको छ । जर्मनीले पछिल्लो समय कोभिड–१९ को सङ्क्रमण दरमा वृद्धि भएपछि नियन्त्रणका लागि आगामी फेब्रुअरी १४ सम्म आंशिक लकडाउन गर्ने घोषणा यसपहिले नै गरेको छ ।
यूरोपका कतिपय मुलुकहरूले अन्तर्राष्ट्रिय सीमानाका लाई खुला गर्ने निर्णय गरेपनि जर्मन चान्सलर एन्जेला मर्केलले सङ्क्रामक यो रोग नियन्त्रणमा आइनसकेको भन्दै तत्काल अन्तर्राष्ट्रिय सीमा नाका खोल्ने निर्णय गरेकी छैनन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५