बुधबार, माघ ९, २०८१
17:59 | २३:४४

राष्ट्रपति ट्रम्पले गरे ७३ जनाको सजाय माफ  

रासस–एएफपी जनवरी २०, २०२१

वासिङटन, ७ माघ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिनै लाग्दा बुधबार ७३ जनाको सजाय माफ गरेका छन् । सजाय माफ गरिएकामा ट्रम्पका पूर्व सल्लाहकार स्टिभ ब्यानन पनि छन् ।

ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति ट्रम्पले ७३ जनाको सजाय माफ गर्नुका साथै अरु ७० जनाको सजाय कटौती गर्नु भएको छ ।’ उक्त सजायमा राष्ट्रपति र उनका बालबच्चाको नाम भने समावेश छैन् ।

ब्याननमाथि मेक्सिको–अमेरिका सीमामा पर्खाल लगाउन भन्दै आम सर्वसाधारणसँग पैसा उठाएर दुरुपयोग गरेको आरोप लागेको थियो । मेक्सिको सीमामा पर्खाल लगाउने अभियान राष्ट्रपति ट्रम्पको पनि मुख्य चुनावी अभियान र नीति थियो ।

राष्ट्रपति ट्रम्पले ब्याननको सजाय माफ गर्नुअघि ब्याननलाई फोन गरेको अमेरिकी सञ्चार माध्यमहरुले बताएका छन् । यस्तै, राष्ट्रपति ट्रम्पका पूर्व सहयोगी इलिअट ब्रोइडी र गायक लिल वाइनेको पनि सजाय माफ भएको छ ।

अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले बुधबार नै अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा शपथ लिँदै छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू