राष्ट्रिय क्रिकेट खेलाडी सिंहको निधन
महोत्तरी । राष्ट्रिय क्रिकेट खेलाडी २३ वर्षीय कुन्दनसिंह राजपुतको आज बिहान २३ वर्षको उमेरमा मिर्गौला रोगबाट निधन भएको छ ।
विसं २०६८ तिर महोत्तरी जिल्लाबाट जिल्ला क्रिकेट संघको खेलाडी भएर १६ वर्षमुनि, राष्ट्रिय खेलाडीका रुपमा १९ वर्षमुनि र नेपाल क्रिकेट संघबाट राष्ट्रियस्तरका खेल खेलेर राष्ट्रिय खेलाडीको मान्यता पाएका सिंहको आइतबार बिहान महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ९ फुल्हट्टा गाउँस्थित घरमा निधन भएको हो ।
विसं २०७५ मा राष्ट्रिय टोलीबाट प्रधानमन्त्री कप खेलेर आउँदा अचानक दुवै मिर्गौला बिग्रेका सिंहले दुई वर्षदेखि डायलायसिस गराउँदै आएका जिल्ला क्रिकेट संघ महोत्तरीका अध्यक्ष रोशनकुमार सिंहले बताए ।
उनको निधनबाट जिल्ला, प्रदेश र सिङ्गो देशकै क्रिकेट जगतलाई ठूलो क्षति पुगेको बताउँदै अध्यक्ष रोशनकुमारले उनलाई आज जिल्ला क्रिकेट संघको झण्डा ओढाएर अन्तिम संस्कार गरिने बताए ।
बाह्र वर्षका उमेरदेखि नै क्रिकेट खेल्दै आएका सिंह निकै मेधावी थिए । चारपाँच वर्षकै उमेरमा मातापिता गुमाएका क्रिकेटर सिंहलाई जलेश्वर– ९ का मामा अनोजकुमार सिंहले पालनपोषण गर्दै आएका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५