शनिबार, पुष २७, २०८१
23:50 | ०५:३५

बेलायतमा कोरोना संक्रमितको नयाँ रेकर्ड, ६० हजार बढी संक्रमित   

२४ घन्टामा ८३० को मृत्यु

नेपाली लिङ्क जनवरी ५, २०२१

लन्डन । बेलायतमा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै सबैभन्दा बढी कायम भएको छ । लगातार सातौँ दिनसम्म ५० हजारभन्दा माथि रहेको संक्रमितको संख्या आज मंगलबार भने ६० हजार नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ मंगलबार सार्वजनिक गरेको तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा मात्र ६० हजार ९१६ नयाँ संक्रमित थपिएका छन् ।

यससंगै बेलायतमा कोरोना संक्रमितको संख्या २७ लाख ७४ हजार ४७९ पुगेको छ । यस्तै बेलायतमा कोरोनाका मृतकको संख्या पनि ७६ हजार नाघेको छ ।

पछिल्लो २४ घन्टामा थप ८३० जना कोरोना संक्रमितको मृत्यु भएसंगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७६ हजार ३०५ पुगेको छ । संक्रमण बढेसंगै दैनिक अस्पताल भर्ना हुने कोरोना संक्रमितको संख्या पनि अत्यधिक रुपमा वृद्धि भएको छ ।

मंगलाबारमात्र २४ घन्टामा तीन हजार भन्दा बढी संक्रमित अस्पताल भर्ना भएका छन् । हाल २३ हजार भन्दा बढी  कोरोनका बिरामी अस्पतालमा उपचार गराइरहेका छन् । जसमध्ये एक हजार ८ सयभन्दा बढीको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ ।

कोरोना संक्रमणको दर तीव्र रुपमा बढ्न थालेपछि इंग्ल्याण्डमा आजैबाट देशव्यापी लकडाउन घोषणा गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू