नायक सरोज खनालसंग आफ्नै गीतको भिडियोमा जानकी


लन्डन । नेपाल फिल्म सोसाइटी यूकेकी अध्यक्ष एवं गीतकार जानकी पन्त जुनको शब्द रहेको जीन्दगीको सफल मोडमा को म्यूजिक भिडियो सार्वजनिक भएको छ । भुपेन्द्र रायमाझीको संगीत र संगीता शाक्यको स्वर रहेको उक्त गीतको भिडियो कुमुद इन्टरटेनमेन्ट युट्युब च्यानलबाट भर्खरै सार्वजनिक भएको हो ।
बेलायतवासी मोडल कुमुद पन्तले निर्माण गरेको भिडियोमा वरिष्ठ कलाकार सरोज खनाल र जानकी स्वयंको अभिनय छ जसको निर्देशन वीरेन्द्र भाट ‘विपिन’ ले गरेका छन् । भिडियो सम्पादन र कलर संयोजन पनि वीरेन्द्रकै छ । भिडियोका सिनेम्याटोग्राफर रामसिंह भाट हुन् ।
लामो समयदेखि बेलायत बस्दै आएकी जानकीले गीतमार्फत मानिसको अमुल्य जीवनमा अनेक उतारचढाव र पीडा आइपरेपनि संयमता अपनाएर अगाडि बढ्नु पर्छ भन्ने सन्देश दिएकी छन् ।
जीन्दगीको मोडमा कसैको साथ पाएर मन पुलकित भएको सन्दर्भ पनि भिडियोमा छ ।
हेरौं भिडियो-
https://youtu.be/84M9ranIFJQ
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५