नयाँ वर्षलाई उपचार वर्ष बनाउन राष्ट्रसंघको आह्वान
जेनेभा । कोरोनाभाइरसका कारण संकटग्रस्त मुलुकहरुलाई नयाँ वर्ष सन् २०२१ लाई उपचार वर्ष बनाउन संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्वका सबै समुदायलाई उपचार वर्षको रुपमा सन् २०२१ लाई मनाउन भिडियो सन्देश मार्फत् आह्वान गरेका हुन् ।
नयाँ वर्षको अवसरमा शुभकामनासहितको भिडियो सन्देशमा उनले महामारीका विरुद्धमा सँगसगै लड्नुपर्नेमा जोड दिएका छन् ।
‘आउनुहोस्, शान्ति स्थापनाका लागि सँगसगै काम गरौँ, सहकार्य गरौँ र अवरोध तथा समस्याहरुको सामना पनि गरौँ’, उनले भिडियोमा भनेका छन् ।
सन् २०२० भर कोरोनाभाइरसको महामारी चलेकाले सन् २०२१ मा यो महामारीबाट मुक्त भइसक्ने गरी काम गर्नुपर्नेमा उनको जोड छ ।
कोरोनाभाइरसका कारण अहिलेसम्म संसारभर १७ लाख ८३ हजार १०० भन्दा बढीको मृत्यु भएको छ भने आठ करोड १७ लाख ३५ हजार भन्दा बढी संक्रमित भएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५