शुक्रबार, फागुन १६, २०८१
थपिए ६०८ कोरोना सङ्क्रमित


रासस
डिसेम्बर २५, २०२०

काठमाडौँ–नेपालमा थप ६०८ जना कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर चार हजार १४२ जनाको पीसीआर परीक्षण भएकोमा ३७१ पुरुष र २३७ महिला गरी ६०८ जनामा कोरोना पुष्टि भएको हो ।
हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या दुई लाख ५७ हजार २०० पुगेको छ । अहिले देशभर सात हजार ९२ कोरोना सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा ८९२ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।
योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ४८ हजार २९२ पुगेको छ । गत २४ घण्टामा काठमाडौँमा २१२, ललितपुरमा ४७ र भक्तपुरमा २० जना कोरोना सङ्क्रमित भेटिएका छन् । गत २४ घण्टामा कोरोन सङ्क्रमणबाट थप आठ जनाको मृत्यु भएसँगै कूल मृतक सङ्ख्या एक हजार ८१६ पुगेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५