बुधबार, मंसिर १२, २०८१
08:44
|
१४:२९
भारतमा कोभिड–१९ बाट एक लाख ४७ हजारको मृत्यु
रासस–सिन्ह्वा
डिसेम्बर २५, २०२०
नयाँदिल्ली, १० पुस– भारतमा कोभिड–१९ बाट शुक्रबारसम्म मृत्यु हुनेको संख्या एक लाख ४७ हजार पुगेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा २३ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भेटिएका छन् ।
भारतमा हालसम्म एक करोड दुई लाखभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् जसमध्ये ९७ लाख १८ हजार व्यक्ति कोरोनाबाट संक्रमणमुक्त भइसकेका छन् । यसैबीच, भारतमा कोभिड–१९ को परीक्षणको कार्यलाई थप विस्तार गरिने भारत सरकारले बताएको छ ।
हालसम्म १६ करोड नमूना परीक्षण भइसकेको छ । भारतीय राज्य दिल्लीमा पछिल्लो २४ घण्टामा एक हजार नयाँ संक्रमित भेटिएका र ३७ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । दिल्लीमा हालसम्म १० हजार ३८४ जनाको मृत्यु भइसकेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ