शुक्रबार, फागुन १६, २०८१
दाहाल–नेपाल समूहद्वारा आधिकारिकताका लागि आयोगमा पत्र दर्ता


रासस
डिसेम्बर २४, २०२०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
सो समूहका तर्फबाट पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको हस्ताक्षरसहित पुस ७ गतेको केन्द्रीय समितिको निर्णय आयोगको जानकारी तथा आवश्यक कारवाहीका लागि भनी आयोगमा पत्र दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
उक्त समूहले ४४१ सदस्यीय नेकपाको केन्द्रीय कमिटीमध्ये २८७ जना आफ्नो पक्षमा रहेको जिकिर गर्दै आधिकारिकता आफ्नो पक्षले पाउनुपर्छ भन्ने माग गरेको छ । उक्त पत्र दर्ता गराउन पार्टी नेता सुरेन्द्रप्रसाद पाण्डे, लीलामणि पोखरेल र मुक्ति प्रधान आयोग गएका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५