नेपालमा एक हजार ७९ संक्रमित निको भए
हालसम्म निको भएर घर फर्किनेको संख्या दुई लाख ४४ हजार ७४३


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ७४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३५१ जनाको परीक्षण गर्दा ४४८ पुरुष र २९४ महिला गरी कूल ७४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ५४ हजार ५१४ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा एक हजार ७९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ४४ हजार ७४३ पुगेको छ ।
हालसम्म नेपालमा सात हजार ९७६ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौँमा २३५, ललितपुरमा ५५ र भक्तपुरमा २१ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण नेपालमा सात जनाको मृत्यु भएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५