बिहीबार, माघ १०, २०८१
05:53
|
११:३८
जापानमा नौ वर्षयताकै सबैभन्दा ठूलो बजेट स्वीकृत
रासस–सिन्ह्वा
डिसेम्बर २१, २०२०
टोक्यो, ६ पुस– जापानको मन्त्रिपरिषदले सन् २०२१ का लागि सोमबार १० खर्ब अमेरिकी डलर (१०६० खर्ब येन) को बजेट स्वीकृत गरेको छ । यो पछिल्ला नौ वर्षदेखिको सबैभन्दा ठूलो बजेट हो । कोरोनाभाइरस संक्रमण र स्वास्थ्य सेवा प्रणालीमा चुनौती थपिएको भन्दै सरकारले ५० खर्ब येन छुट्याइएको जनाएको छ ।
जापानी अर्थमन्त्री तारो आसोले कोरोनाभाइरस संक्रमण रोक्नुपर्ने, अर्थतन्त्रको पुनरुत्थान गर्नुपर्ने तथा देशको आर्थिक स्वास्थ्यमा सुधार ल्याउनुपर्ने चुनौती रहेको बताए । जापानको प्रस्तावित बजेटमा ३३ अर्ब येन रक्षाका लागि छुट्याइएको छ ।
जापानले अमेरिकासँग खरिद गर्न लागेको अत्याधुनिक क्षेप्यास्त्र प्रणालीका विषयमा अझै सहमति जुटिसकेको छैन । रक्षा मन्त्रालयले जापानी युद्धपोतलाई थप सुसज्जित बनाउने कार्यक्रम पनि जारी छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५