प्रधानमन्त्रीद्वारा सुरक्षा निकाय प्रमुख र निर्वाचन आयोग पदाधिकारीसँग छलफल



प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न सुरक्षा निकायका प्रमुखसँग आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बदलिएको राजनीतिक घटनाक्रमबारे छलफल गर्दै साथमा अर्थ र गृहमन्त्री । तस्वीर सौजन्य- प्रधानमन्त्रीको सचिवालय, रासस
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर मुलुकको सुरक्षा चुनौतीका विषयमा छलफल गरेका छन् । छलफलमा प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीको सहभागिता थियो ।
यसैबीच संसद् विघटनपछि मुलुकमा उत्पन्न परिस्थितिका कारण शान्ति सुरक्षामा असर पर्न सक्ने निष्कर्षका साथ नेपाल प्रहरीले मातहतका कार्यालयलाई उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ । नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले शान्ति सुरक्षालाई मजबुत बनाउन सुरक्षा सतर्कताका लागि निर्देशन दिइएको जानकारी दिए । प्रधानमन्त्रीको सिफारीसमा राष्ट्रपतिद्वारा आज प्रतिनिधिसभा विघटन गरिएपछि काठमाडौँलगायत मुलुकका विभिन्न क्षेत्रमा प्रदर्शन भएका छन् ।
उता, प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन भई ताजा जनादेशका लागि नयाँ निर्वाचनको मिति तय भएपछि आज निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङ पनि सहभागी भएका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५