नेपालमा एक हजार २१७ नयाँ संक्रमित


काठमाडौँ । नेपालमा एक हजार २१७ कोभिड–१९ का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर सात हजार २३२ जनाको पिसिआर परीक्षण भएकामा ७७४ पुरुष र ४४३ महिला गरी एक हजार २१७ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा हालसम्म १८ लाख १३ हजार २०४ पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या दुई लाख ४५ हजार ६५० पुगेको छ । अहिले देशभर १२ हजार ३६८ कोरोना सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा एक हजार २४ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।
योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ३१ हजार ६०१ रहेको छ । कोरोना निको हुने दर ९४ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जारी गरेको कोरोनासम्बन्धी राष्ट्रिय अध्यावधिक विवरणमा उल्लेख छ ।
काठमाडौँ उपत्यकामा गत २४ घण्टामा २४४ पुरुष र १६० महिला गरी जम्मा ४०४ जना सङ्क्रमित थपिएका छन् । चौविस घण्टामा कोरोना सङ्क्रमणबाट १२ जनाको मृत्यु भएसँगै मृतकको कूल सङ्ख्या एक हजार ६६३ पुगेको छ । आइसियुमा उपचारत ३०९ र भेण्टिलेटरमा जम्मा ५७ जना उपचाररत छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५