बिहीबार, माघ १०, २०८१
09:45 | १५:३०

भारतमा संक्रमित संख्या  ९७ लाख ६७ हजार नाघ्यो

बुधबार एक दिनमा थप ३१ हजार ५२२ व्यक्ति संक्रमित

रासस-एएनआई डिसेम्बर १०, २०२०

नयाँदिल्ली । भारतमा बुधबार एक दिनमा थप ३१ हजार ५२२ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या  ९७ लाख ६७ हजार ३७२ पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ ।

जसमध्ये ९२ लाख ५३ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् । सो मन्त्रालयका अनुसार हाल तीन लाख तीन ७२ हजार २९३ व्यक्ति अझै सक्रिय संक्रमितअवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार ३२ औँ दिन हो ।

भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप ४१२ जनाको मृत्यु भएको र यो सहित भारतमा कोरोना ससंक्रणबाट मृत्यु हुनेको संख्या एक लाख ४१ हजार ७७२ पुगेको छ । भारतभरी सबभन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्रमा ७४ हजार ३१५ अझै पनि सक्रिय संक्रमित रहेका बुधबार जनाइएको छ । महाराष्ट्रपछि केरलामा ६० हजार ६६ सक्रिय सङ्क्रमित अवस्थामा रहेका छन् ।

दिल्लीमा ्र२० हजार ५४६ सक्रिय संक्रमित रहेका छन् भने ५ लाख ६९ हजार २१६ व्यक्ति संक्रमणबाट मुक्त भएका छन् । दिल्ली कोरोना भाइरस सङ्क्रमणको कारण ९ हजार ८१३ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले भारतमा कुल १५ करोड ७ लाख ५९ हजारको नमूना परीक्षण गरेको जनाएको छ । बुधबार एकै दिनमा ९ लाख २२ हजार ९५९ जनाको नमूना परीक्षण भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू