नेपालमा दुई लाख २९ हजार बढी कोरोनामुक्त


काठमाडौँ । नेपालमा थप एक हजार ३८२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ४३ हजार ३७७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा आठ हजार ९४७ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म १७ लाख ९९ हजार ६८६ को पिसिआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख २९ हजार ५४ जना कोरोना भाइरस सङ्क्रमण मुक्त भई घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा देशभर एक हजार ६२१ सङ्क्रमित निको भएर घर फर्किएका हुन् । हाल देशभर १२ हजार ६८६ सक्रिय सङ्क्रमित छन् ।
काठमाडौँ उपत्यकामा ५९४ थप
काठमाडौँ उत्यकामा थप ५९४ कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । सङ्क्रमित हुनेमा ३३१ पुरुष र २६३ महिला छन् । योसँगै उपत्यकामा सङ्क्रमितको सङ्ख्या एक लाख १३ हजार ४९८ पुगेको छ । आज थपिएका सङ्क्रमितमध्ये काठमाडौँका ४१३, ललितपुरका ११३ तथा भक्तपुरका ६९ रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।
थप २३ को मृत्यु
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट मर्नेको सङ्ख्या एक हजार ६३७ पुगेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५