बिहीबार, फागुन १५, २०८१
सगरमाथाको उचाइ ८६ सेमी वृद्धि


रासस
डिसेम्बर ८, २०२०
काठमाडौं । सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले वृद्धि भएको छ । नेपाल र चीन सरकारले आज संयुक्त रुपमा सर्वोच्च शिखर सगरमाथाको उचाइ वृद्धि भएको घोषणा गरेका हुन् ।
अब सगरमाथाको उचाइ आठ हजार ८४८.८६ मिटर हुने भएको छ । नेपालले पहिलो पटक आफ्नै स्रोतसाधनले सगरमाथाको उचाइ मापन गरेको हो । नेपालले करीब दुई वर्ष लगाएर उचाइ मापन गरेको थियो ।
गत वर्ष चीनका राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणका क्रममा दुवै देशले मिलेर सगरमाथाको उचाइ घोषणा गर्ने सम्झौता गरेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५