बिहीबार, फागुन १५, २०८१
नेपालमा एक हजार १४ जना संक्रमित, २० को मृत्यु


नेपाली लिङ्क
डिसेम्बर ७, २०२०
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा एक हजार ६२८ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसँगै हालसम्म कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या दुई लाख २७ हजार ४३३ पुगेको छ । नेपालका हालसम्म दुई लाख ४१ हजार ९९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार हाल मुलुकभर १२ हजार ९४८ जना सक्रिय सङ्क्रमित छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण २० जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ६१४ पुगेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५