बिहीबार, मंसिर ६, २०८१
08:59
|
१४:४४
चिकित्सक गायिकाको एकैचोटी तीन एल्बम
अमेरिकाको मेरिल्याण्ड निवासी गायिका रानी शाक्यको तीन गीति एल्बमहरु ‘चिया बारीमा’, ‘वैंशालु जोवन’ र ‘डुब्न लागेको घाम’ उनको आफ्नै युट्युब च्यानलबाट रिलिज भएका छन् ।
केही सिनेमामा पनि पार्श्व गायन गरिसकेकी गायिका शाक्य नेपाल आर्ट एण्ड कल्चर म्यूजिक अवार्ड २०७७ र स्पर्श म्यूजिक भिडियो अवार्ड २०२० बाट पुरस्कृत भइसकेकी छन् ।
सबै विद्याका गीत गाउन रुचाउने गायिका शाक्य पेशाले चिकित्सक हुन् ।
हेरौं एउटा म्यूजिक भिडियो-
प्रतिक्रियाहरू