मंगलबार, फागुन १३, २०८१
फरक किसिमले सक्षम हामी


मन्जु भण्डारी
डिसेम्बर ६, २०२०

मन्जु भण्डारी
फरक किसिमले सक्षम हामी
असक्षम त छँदै छैनौं
हामी पनि पौरखका पहाडहरु चढ्न सक्छौँ
हामी पनि साहसका सप्तकोशीहरु तर्न सक्छौँ
उस्तै त हो चाहना हाम्रो पनि
भावना सबै उस्तै छ
उद्देश्य र आवश्यकता जीवनपथको
शृंखला पनि उस्तै छ
त्यो आकाशको जूनलाई सोध
हामीमा उत्साह कति छ
यो धर्तीको चट्टानमा खोज
हामीमा धैर्य कति छ
देउ समान अवसर हामीलाई
लक्ष्यको शिखर चुम्न सक्छौँ
मिलाउ विश्वासका हातसित तिम्रो उत्साह
हाँसेर सङ्गै झुम्न सक्छौँ
अंग कुनै अशक्त होलान्
व्यक्तित्व हाम्रो सशक्त छ
उमंग आशा जगाई राख्ने
कर्मको जिम्मा परिपक्व छ
फरक किसिमले सक्षम हामी
असक्षम त छँदै छैनौं !
हाल लन्डन
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५