बुधबार, मंसिर १२, २०८१
02:41 | ०८:२६

कोभिड खोप लगाउने रुस विश्वकै पहिलो देश

एक लाखभन्दा बढीले खोप लगाए

रासस/एएनआई डिसेम्बर ३, २०२०

मस्को । १८ मङ्सिर– रुसमा एक लाखभन्दा पनि बढी नागरिकले रुसले नै विकास गरेको कोभिड १९ विरुद्धको खोप लगाएका छन् । रुसले गएको अगष्ट महिनामा नै कोभिड १९ का विरुद्धको खोप स्पुतनिक–भी निर्माण गरिसकेको थियो । सो खोप प्रभावकारी रहेको भन्दै रुसले त्यसलाई प्रयोगमा ल्याएको हो ।

गत अगष्ट ११ मा नै रुसले सो खोप प्रयोगमा ल्याएको बताइएको थियो । यसरी रुस कोभिड १९ विरुद्धमा खोप लगाउने विश्वकै पहिलो देश भएको पनि बताइएको छ । रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले सो कुराको जानकारी दिनुभएको छ । साथै उहाँले रुसले यहाँका नागरिकलाई सो खोप लगाएकोे बारेमा भिडियो पनि बनाएको र त्यसको लिंक पनि संयुक्त राष्ट्रसंघलाई दिइएको बताएको छ ।

गएको महिना मात्र सो खोपको प्रभावकारीताको बारेमा अनुसन्धान गरिएको थियो । सो अनुसन्धानबाट उक्त खोपले करिब ९२ प्रतिशतसम्म काम गर्ने पाइएको थियो । रुसका पनि पछिल्लो समयमा कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएको छ । प्राप्त समाचारअनुसार यहाँ २३ लाखभन्दा बढी नागरिक यसका संक्रमित रहेका पाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू