शुक्रबार, माघ ११, २०८१
18:23
|
००:०८
भारतमा कोरोना संक्रमित संख्या ९३ लाख ५१ हजार नाघ्यो
रासस /एएनआइ
नोभेम्बर २८, २०२०
नयाँ दिल्ली–१३ मङ्सिर– भारतमा शुक्रवार थप ४१ हजार ३२२ जनामा कोभिड १९ संक्रमण भएपछि कूल संक्रमितको संख्या ९३ लाख ५१ हजार नाघेको केन्दीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी दिएको छ । भारत कोरोना भाइरसबाट अमेरिकापछि सबैभन्दा बढी प्रभावित भएको राष्ट्र हो ।
भारतमा पछिल्लो २४ घण्टामा थप ४८५ जना कोरोना संक्रमणको कारण मृत्यु भएपछि भारतभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ३६ हजार २०० पुगेको छ । यहाँ कोरोना भाइरस शुरु भएयता भएका सम्पूर्ण संक्रमितहरु मध्ये ८७ लाख ५९ हजार ९६९ व्यक्ति कोरोना मुक्त भएका पनि मन्त्रालयले जानकारी दिएको छ । यस राष्ट्रमा महाराष्ट्र,दिल्ली र केरला क्रमशः कोरोना भाइरस बढी प्रभावित राज्यको रुपमा छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५