बिहीबार, माघ १०, २०८१
18:10
|
२३:५५
कोरोना भाइरस संक्रमितको संख्या ६ करोड नाघ्यो
रासस/एएफपी
नोभेम्बर २५, २०२०
पेरिस–१० मङ्सिर– चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरस संक्रमणको कारण हालसम्म १४ लाख भन्दा बढीको मृत्यु भएको एएपपी समाचार समितिले बुधबार जानकारी दिएको छ । गत वर्षको डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ६ करोड संक्रमित भइसकेका छन् ।
कोरोना भाइरस सक्रमणको कारण विश्वमा सब भन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिका हालसम्म २ लाख ६५ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । अमेरिकामा १ करोड २९ लाख ५८ हजार भन्दा बढी व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको हिसाबबाट अमेरिकापछि भारत दोस्रो स्थानमा छ । भारतमा ९२ लाख भन्दा बढी कोरोना भाइरस संक्रिमित भएका छन् । एक लाख ३४ हजार ७७९ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ ।
ब्राजिलमा ६१ लाख २१ हजार ४४९ जना कोरोना भाइरस संक्रमित रहेका छन् । एक लाख ७० हजार १७९ व्यक्ति कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । मेक्सिकोमा यस भाइरसका कारण १ लाख ६० हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने १० लाख २७ हजार भन्दा बढी संक्रमित भएका छन् ।
संयुक्त अधिराज्यमा ५५ हजार ८३८ जनाको मृत्यु भएको छ भने १५ लाख ३८ हजार ७९४ जनाको कोरोना भाइरस संक्रमित भएका छन् । चीनमा कोरोना भाइरसबाट ८६ हजार व्यक्ति संक्रमित भए भने ४ हजार ६३४ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५