थप एक हजार ७९० मा संक्रमण, २४ को मृत्यु
उपत्यकामा ९४७ संक्रमित थपिए


काठमाडौं । देशभर मंगलबार थप एक हजार ७९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा एक हजार ६९ पुरुष र ७२१ महिला छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या दुई लाख २४ हजार ७८ पुगेको छ । थप १० हजार ८४३ को पिसिआर परीक्षण गरिएको थियो ।
त्यस्तै, नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार ३६१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख चार हजार ५८ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७९१ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १७ हजार ८५९ सक्रिय संक्रमित छन् ।
काठमाडौँ उत्यकामा थप ९४७ कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । योसँगै उपत्यकामा संक्रमितको संख्या एक लाख चार हजार ६८२ पुगेको छ । आज थपिएका संक्रमितमध्ये काठमाडौँका ६९२, ललितपुरका १९० तथा भक्तपुरका ६५ छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।
हालसम्म काठमाडौँमा ८४ हजार ५१७, ललितपुरमा १२ हजार ५७७ तथा भक्तपुरका सात हजार ५८८ संक्रमित भएका छन् । तीमध्ये काठमाडौँमा ७६ हजार ४४२, ललितपुरमा १० हजार ८९७ तथा भक्तपुरमा छ हजार ८९३ संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । हालसम्म काठमाडौँमा ३३१, ललितपुरमा ९१ तथा भक्तपुरमा ८७ जनाको कोरोनाबाट ज्यान गएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५