मंगलबार, वैशाख ९, २०८२
उत्तर अफगानिस्तानमा हवाई आक्रमण, ६ तालिबानीको मृत्यु


रासस–सिन्ह्वा
नोभेम्बर २४, २०२०
मजार–ए–शरिफ । अफगानिस्तानको सेनाले उत्तरी बाल्ख प्रान्तको ग्रामीण इलाकामा गरेको कारबाहीमा कम्तीमा छ जना तालिबानी लडाकू मारिएको सेनाले जनाएको छ ।
अफगान वायु सेना (एएएफ) ले तालिबानको शिविरलाई सोमबार मध्यराति लक्षित गरी उक्त हमला गरिएको र त्यसबाट अरु चार जना गम्भीर घाइते भएको बताएको छ ।
अफगान सेनाले देशभित्र हिंसात्मक झडपका घटनामा वृद्धि हुँदै गएपछि यस वर्षको शुरुदेखि नै देशका विभिन्न स्थानमा तालिबान विद्रोहीविरुद्ध सैनिक कारबाही गरिरहेको छ ।
रिपोर्टहरु अनुसार सरकारी फौजको उपस्थिति अफगानिस्तानका शहरी इलाकाहरुमा बढी देखिएको छ तर ठूलो भूभागको ग्रामीण इलाकामा तालिबानी समूह सक्रिय छ ।
ग्रामीण क्षेत्रमा संगठित रहेका तालिबानीहरुले बेलाबेला शहरी इलाकामा भिषण आतंकवादी हमला गर्ने गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५