शुक्रबार, माघ ११, २०८१
18:21
|
००:०६
बङ्गलादेशमा चार लाख ४५ हजारमा सङ्क्रमण
रासस/सिन्ह्वा
नोभेम्बर २१, २०२०
ढाका, ६ मङ्सिर–बङ्गलादेशमा शनिबारसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या चार लाख ४५ हजार २८१ पुगेको यहाँको राष्ट्रिय स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । मुश्लिम बहुल यस मुलुकमा कोभिड–१९ सङ्क्रमित छ हजार ३५० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
विगत २४ घण्टामा १२ हजार ६४३ व्यक्तिको शङ्काका आधारमा कोभिड–१९ परीक्षण गरिएकोमा एक हजार ८४७ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । शनिबार कोभिड–१९ सङ्क्रमित थप २८ जनाको मृत्यु भएको छ । बङ्गलादेशमा शनिबार सङ्क्रमणमुक्त भएका एक हजार ९२१ व्यक्तिसहित अहिलेसम्म तीन लाख ६० हजार ३५२ व्यक्ति निको भएका छन् ।
सरकारी तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको मृत्यु दर १.४३ प्रतिशत रहेको छ भने अहिलेसम्म ८०.९३ प्रतिशत विरामी निको भई घर फर्किएका छन् ।
तथ्याङ्कमा एकै दिन सबैभन्दा बढी चार हजार १९ व्यक्ति जुलाई २ मा सङ्क्रमित भएका थिए भने एकै दिनमा सबैभन्दा बढी मृत्यु जुन ३० मा भएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५