क्रिसमसमा इंग्ल्याण्डको लकडाउन खुकुलो गर्ने तयारी
इंग्ल्याण्ड,स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डले संयुक्त रुपमा पहल गर्दै
लन्डन । इंग्ल्याण्डमा हाल जारी राष्ट्रव्यापी लकडाउन क्रिसमसको समयमा खुकुलो हुनसक्ने अधिकारीहरुले बताएका छन् । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि इंग्ल्याण्डमा गत डिसेम्बर ५ बाट कम्तिमा चार हप्ताको लागि सरकारले राष्ट्रिय लकडाउन घोषणा गरेको छ ।
तर पछिल्ला दिनहरुमा कोरोना संक्रमण र मृत्युदरमा उल्लेखनीय वृद्धि भएपछि लकडाउन खुल्नेमा शंका उत्पन्न भएको छ । तर सिमित लागि भए पनि क्रिसमसको समयमा पारिवारिक जमघट गर्न पाउने तयारी भैरहेको बताइएको छ ।
तर, यसको अन्तिम निर्णय भइनसकेको र छलफलकै क्रममा रहेको कोरोना सम्बन्धि सरकारका मेडिकल एड्भाइजर सुसन हप्किन्सले बताए । यसैगरी क्याबिनेट मिनिष्टर आलोक शर्माले निर्णय गर्ने बेला भैनसकेको तर क्रिसमसमा परिवारसंग भेटघाट बातावरण मिलाउन सरकारले पनि चाहेको’ बताएका छन् ।
क्रिसमसमा लकडाउन सहज बनाउन इंग्ल्याण्ड, स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डले संयुक्त रुपमा पहल गरिरहेको बताइएको छ । लकडाउन सहज गरिएपनि ठूलो समूहमा जमघट गर्न नपाइने र सार्वजनिक यातायातको सट्टा प्राइभेट सवारी साधनको प्रयोग गर्नुपर्ने बीबीसीले उल्लेख गरेको छ ।
इंग्ल्याण्डको राष्ट्रव्यापी लकडाउन डिसेम्बर २ सम्मका लागि घोषणा गरिएको भए पनि कोरोना संक्रमण बढिरहँदा लकडाउन लम्बिन सक्ने धेरैको बुझाइ छ ।
पछिल्ला दिनमा बेलायतमा कोरोना संक्रमण र मृतक संख्या गत मे पछिकै सबैभन्दा बढी रहेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५