बिहीबार, माघ १०, २०८१
22:07 | ०३:५२

अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा आवास गृह निर्माण  

रासस नोभेम्बर १७, २०२०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘विमानस्थल सुरक्षा प्रहरी आवास गृह’ निर्माण गरिएको छ । विमानस्थलको सुरक्षाको काममा खटिने ३५० सुरक्षाकर्मीका लागि सामूहिक आवास गृह निर्माण सम्पन्न भएको हो ।

नवनिर्मित भवनको आज उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले विमानस्थल सुरक्षाका लागि छुट्टै युनिट गठन गर्ने बारेमा सरोकारवाला निकायसँग छलफल चलिरहेको बताए । विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार कूल रु ७ करोड १५ लाख १७ हजार लागतमा भवन निर्माण गरिएको हो ।

विमानस्थल कार्यालयअन्तर्गतको इञ्जिनियरिङ महाशाखाले निर्माण गरेको सो भवन २०७५ असोज ६ गते सम्झौता भई २०७७ असोज ६ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने थियो । कोरोना महामारीका कारण दुई महिना समय थप गरी निर्माण सम्पन्न गरिएको हो । दुई हजार ५०० वर्गमिटर क्षेत्रफलमा फैलिएको तीन तले सो भवनमा ३५० व्यक्तिका लागि आवास सुविधा उपलब्ध हुनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू