बिहीबार, फागुन १५, २०८१
नेपालमा थप एक हजार ९१३ जना संक्रमित, १५ को मृत्यु
कुल संक्रमित संख्या दुई लाख चार हजार २४२


रासस
नोभेम्बर १२, २०२०
काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ९१३ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा १० हजार २२ पिसिआर नमुना परीक्षण गरिएकामा ७५९ महिला र एक हजार १५४ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको संख्या दुई लाख चार हजार २४२ पुगेको छ ।
यसैगरी आज दुई हजार ३४९ जना कोरोना सङ्क्रमण मुक्त भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । हालसम्म कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या एक लाख ६४ हजार ५९२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट १५ जनाको मृत्यु भएसँगै कोरोनाबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार १८९ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल मुलुकभर संक्रिय सङ्क्रमितको सङख्या ३८ हजार ४६१ पुगेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५