सोमबार, मंसिर १०, २०८१
04:59 | १०:४४

नेपालमा थप दुई हजार ९०९ संक्रमित, १८ को मृत्यु

एक लाख ५२ हजार ९०८ जना कोरोनामुक्त

रासस नोभेम्बर ६, २०२०

काठमाडौँ । नेपालमा थप दुई हजार ९०९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ८८ हजार ८८३ पुगेको छ । थप १० हजार १५३ जनाको पिसिआर परीक्षण गरिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख ५२ हजार ९०८ जना कोरोना मुक्त भइ घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर चार हजार पाँच सय सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ३४ हजार ९०५ जना सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्म १५ लाख १७ हजार ३४३ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । यसैबीच काठमाडौँ उत्यकामा थप एक हजार ३३८ कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

थपिएका सङ्क्रमितमध्ये काठमाडौँका एक हजार ३०, ललितपुरका १८७ तथा भक्तपुरका १२१ जना छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

कोरोनाबाट थप १८ जनाको मृत्यु

कोरोना सङ्क्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा सङ्क्रमणबाट मर्नेको संख्या १० हजार ७० पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू