राजदूत सुवेदी अन्तर्राष्ट्रिय कफी संगठनको प्रोजेक्ट समितिको उपाध्यक्ष निर्वाचित
लण्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी अन्तर्राष्ट्रिय कफी संगठनको प्रोजेक्ट समितिको उपाध्यक्षमा निर्वाचित भएका छन् ।
गत सेप्टेम्बरमा सम्पन्न १२७ औं अन्तर्राष्ट्रिय कफी परिषद्को बैठकले अन्तर्राष्ट्रिय कफी संगठनका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत सुवेदीलाई संगठनको प्रोजेक्ट समिति उपाध्यक्षमा निर्वाचित गरेको हो ।
त्यसैगरी राजदूत सुवेदी उक्त संगठनको अन्तर्राष्ट्रिय परामर्श समितिको उपाध्यक्षमा समेत निर्वाचित भएको राजदूतावासले बिहीवार जनाएको छ ।
राजदूत डा. सुवेदी सन् २०१७-१८ मा उक्त संगठनको बजार प्रवर्द्धन समितिको उपाध्यक्ष, सन् २०१८-२०१९ मा समितिको अध्यक्ष र सन् २०१९-२०२० मा तथ्याङ्क समितिको अध्यक्षका रूपमा विगत चार वर्षदेखि कार्यकारी नेतृत्वमा छन् ।
नेपालले सन् २०१७ मा अन्तर्राष्ट्रिय कफी संगठनको पूर्ण सदस्यता हासिल गरेको हो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५