बिहीबार, फागुन १५, २०८१
राष्ट्रपतिले आमाको हातबाट लगाइन् टीका


रासस
अक्टोबर २६, २०२०
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज आमा मिथिला पाण्डेका हातबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी छन् ।
राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिए ।
सो अवसरमा राष्ट्रपति भण्डारीले छोरी एवम् ज्वाइँहरु उषाकिरण, निशाकुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्तीहरुलाई पनि टीका लगाइदिइन् ।
विगत वर्षमा जस्तो राष्ट्रपतिबाट सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम यस वर्ष कोरोना महामारीका कारण भएन ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५