बिहीबार, फागुन १५, २०८१
राष्ट्रपतिबाट प्रधानमन्त्रीलाई टीका


रासस
अक्टोबर २६, २०२०
काठमाडौँ, १० कात्तिक– प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति भवन शीतल निवासमा विजयादशमीको टीका ग्रहण गरेका छन् । सो क्रममा राष्ट्रपति भण्डारीले ओलीलाई टीका र जमराको माला लगाइदिएकी थिइन् ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उक्त अवसरमा राष्ट्रपति भण्डारीबाट प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले पनि टीका र जमराको माला ग्रहण गरिन् ।
प्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओली गृहजिल्ला झापामा रहेकाले प्रधानमन्त्रीले आज आफ्नो सरकारी निवास बालुवाटारमा प्रथम महिला शाक्यलाई मात्र दशैंको टीका लगाइदिएका थिए ।
कोरोना जोखिमका कारण राष्ट्रपति र प्रधानमन्त्रीबाट विगतमा झैँ यस वर्ष सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगन गरिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५