बुधबार, माघ २, २०८१
04:18
|
१०:०३
जर्मनीमा अहिलेसम्मकै सबैभन्दा बढी कोभिड सङ्क्रमित
रासस-सिन्ह्वा
अक्टोबर १६, २०२०
बर्लिन–३० असोज– जर्मनीमा अहिलेसम्मकै सबैभन्दा बढी कोभिड सङ्क्रमित भेटिएका समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टायता कम्तीमा पनि सात हजार जना सङ्क्रमितहरु देखिएका हुन् । यहाँका अधिकारीहरुका अनुसार जर्मनीमा पछिल्ला हप्ताहरुमा कोभिडको दोस्रो लहर आएको छ । जसका कारण पहिलाको भन्दा धेरैजना जना सङ्क्रमितहरु देखिएका हुन् ।
यहाँका स्वास्थ्य अधिकारीहरुले गएको २४ घन्टायता यहाँ ७ हजार ३३४ जना सङ्क्रमित थपिएका छन् । यो संख्यालाई उनीहरुले जर्मनीमा महामारी शुरुभए यताकै सबैभन्दा धेरै संख्या भएको भनेका छन् जर्मनीका स्वास्थ्य अधिकारीहरुले जर्मनीमा पहिलो पटक एकै दिनमा यति ठूलो संख्यामा धेरै सङ्क्रमितहरु देखिएको समाचारमा जनाएका हुन् । उता बिहीबार मात्र पनि जर्मन चान्सर एन्जिला मार्केलले जर्मनी कोभिड १९ को सङ्क्रमणको गम्भीर अवस्थामा रहेको बताउनुभएको थियो ।
जर्मनीमा पछिल्लो समयमा कोभिड १९का सङ्क्रमितमरु बढ्दै गएकोले उहाँले सो कुरा बताउनुभएको हो ।उहाँले बिहीबार पत्रकार सम्मेलनमा भन्नुभएको थियो –हामी महामारीको अवस्थामा छौँ र मलाई लाग्छ यतिबेला हामी निकै नै गम्भीर अवस्थामा आइपुगेका छौँ । उहाँले अहिलेको अवस्थामा पहिलेभन्दा धेरै अर्थात् अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा कोभिडका सङ्क्रमितहरु बढ्दै गएका र यसबाट हामी अहिलेका लागि बच्ने नै ठूलो चुनौती भएको छ भन्नुभएको थियो । तर पनि अहिलेको अवस्थामा जर्मनीले लकडाउन गर्न सक्ने अवस्थामा भने नरहेको पनि उहाँले स्पष्ट गर्नुभएको छ ।
आर्थिक हिसाबले पनि अर्काे पटकको लकडाउनको अवस्थामा जान नसकिने र यही खुला रहेकै अवस्थाबाट नै उपचारका विधिहरु तय गर्नुपर्नेमा यहाँका अधिकारीहरुले जोड दिँदै आएका छन् । जर्मनीमा अहिलेसम्ममा तीन लाख ४८ हजार ५५७ जना सङ्क्रमित भएका छन् । त्यसैगरी यहाँ ९ हजार ७३४ जनाको ज्यान गएको बताइएको छ । यकाँका २ लाख ८४ हजार जना सङ्क्रमित निको भएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५