बिहीबार, फागुन १५, २०८१
राप्रपा अध्यक्ष थापालाई कोरोना पुष्टि


रासस
अक्टोबर १५, २०२०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना पोजेटिभ पुष्टि भएको छ ।
सामान्य टाउको दुखाइपछि ह्याम्स अस्पतालमा बुधबार गरिएको कोभिड–१९को पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गराएका छन् ।
कोरोनाको महामारीबाट जोगिन आवश्यक सावधानी र सतर्कता राखे तापनि परीक्षणको नतिजा पोजेटिभ आएको र अहिले स्वास्थ्यावस्था सामान्य रहेको अध्यक्ष थापाले उल्लेख गरेका छन् ।
उनी अहिले बूढानीलकण्ठस्थित निवासमै आइसोलेशनमा रहेको पार्टी सचिवालय सदस्य राजाराम बर्ताैलाले जानकारी दिए ।
केही दिनयता आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित र सतर्क रहन अध्यक्ष थापाले अनुरोधसमेत गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५