इंग्ल्याण्डमा लकडाउन तयारी
छुट्टाछुट्टै किसिमका प्रतिवन्ध लगाइने



बेलायती प्रधानमन्त्री बोरिस जोन्सन
लन्डन । बेलायतमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्न थालेपछि सरकारले थप कडाइ गर्ने तयारी गरेको छ । बढ्दो संक्रमण नियन्त्रण गर्ने उद्देश्यले आगामी सोमबारदेखि लकडाउन सम्बन्धि नियम परिमार्जित गरिने बताइएको छ ।
यद्यपि यसको घोषणा हुन बाँकी छ । के कस्तो नीति अपनाउने भन्ने बारेमा छलफल भइरहेको कम्युनिटीज् सेक्रेटरी रोबर्ट जेनरिकले बताएका छन् । प्राप्त जानकारी अनुसार तीन किसिमको लकडाउन प्रणाली लागू गर्ने तयारी हुंदैछ ।
विभिन्न क्षेत्र अनुसार छुट्टाछुट्टै किसिमका प्रतिवन्ध नियम लागू हुने बताइएको छ । हाल १० बजेसम्म संचालनमा रहेका पब तथा रेष्टुरेन्टहरु प्रभावित क्षेत्रमा बन्द गर्न सकिने बीबीसीले जनाएको छ । यसैगरी रात बिताउने गरि अन्यत्र जान नपाइने नियम पनि लागू हुने सम्भावना छ ।
विशेषगरी उत्तरी इंग्ल्याण्डमा सोमबारबाट नयाँ नीति लागू हुने भएको छ । संक्रमण बढेपछि म्यानचेस्टर, लिभरपुल, न्यूकासल, नटिंघमलगायत क्षेत्रमा नयां नियम लागू हुन सक्नेछन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५