किराया यूके विवाद: अविश्वासको मतमार्फत अध्यक्ष हटाइयो
किराया यूकेको विवाद नयाँ उत्कर्षमा



अध्यक्ष कल्पना राईसँग असन्तुष्ट पक्षले उनलाई अविश्वासको मतमार्फत पदमुक्त गरिएको दावी गरेको छ ।
लन्डन । पछिल्लो केही समयदेखि किरांत राई यायोख्या यूकेभित्र चल्दै आएको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।
अध्यक्ष कल्पना राईसँग असन्तुष्ट पक्षले उनलाई अविश्वासको मतमार्फत पदमुक्त गरिएको दावी गरेको छ ।
कार्यवाहक अध्यक्ष चन्द्रबहादुर राईले एक वक्तव्य जारी गरी संस्थाको विधानअनुसारको प्रक्रिया पूरा गरेरै अध्यक्ष राईलाई पदमुक्त गरिएको बताएका छन् ।
‘गत वर्ष डिसेम्बर ६ मा दर्ता गरिएको अध्यक्षविरुद्धको अविश्वासको प्रस्ताव गत सेप्टेम्बर १९ मा भएको मतदानमा अत्याधिक बहुमतले पारित भएको छ’, कार्यवाहक अध्यक्ष राईले भने, ‘अक्टोबर महिनादेखि उहाँ हाम्रो संस्थाको अध्यक्षको जिम्मेवारीमा नरहेको हामी स्पष्ट गर्दछौं ।’
‘किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिकी अध्यक्ष कल्पना राई किरात राई यायोक्खा बेलायतको विधान–२००६-२००८ को, छैटौं संशोधन २०१९ को, परिच्छेद–६ को, धारा–२२ अविश्वासको प्रस्तावको प्रावधान बमोजिम ३ अक्टोवर २०२० देखि अध्यक्ष पदमा नरहेको’ विज्ञप्तिमा उल्लेख छ ।
अविश्वासको प्रस्ताव पारित भइसकेपछि समेत राईलाई पदबाट सौहार्दपूर्ण ढंगले राजीनामा गर्ने मौकास्वरुप २ साता उपलब्ध गराइएको तर उनले पद छोड्न आनाकानी गरी संस्थाभित्र गुटबन्दी कायम राख्ने कोशिश गरेको आरोप लगाइएको छ ।
अध्यक्ष राईले संस्थालाई विभाजनतर्फ लगेको, असन्तुष्टी एवम् गुनासोहरु व्यवस्थापन गर्न नसकेको, संस्थाको नीतिअनुरुप काम गर्न नसकेको, पद जोगाउनका लागि किराया नेपालसँग ‘लम्पसार’ बनेको लगायतका कारण देखाएर उनलाई पदमुक्त गरिएको बताइएको छ ।
विज्ञप्ति-
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५