बिहीबार, फागुन १५, २०८१
बेल्जियमका नवनियुक्त प्रधानमन्त्रीलाई ओलीको शुभकामना सन्देश


रासस
अक्टोबर ६, २०२०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्जियमका नवनियुक्त प्रधानमन्त्री अलेक्जेण्डर डेक्रुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बधाई सन्देश पठाएका छन् ।
नेपाल र बेल्जियमबीचको सम्बन्ध सुमधुर रहेको बताउँदै सन्देशमा प्रधानमन्त्री ओलीले भावी दिनमा दुई देशबीच सहयोगका क्षेत्रहरु निरन्तर विस्तार हुने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसैगरी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि त्यहाँका उप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री सोफी विल्मेसप्रति बधाई ज्ञापन गर्दै उनको कार्यकालमा द्विपक्षीय व्यापार–लगानीसहित नेपाल–बेल्जियम सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५