मंगलबार, मंसिर ११, २०८१
10:53 | १६:३८

सन् २०२० को चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई

नोबेल पुरस्कार ‘हेपाटाइटिस सी’ भाइरस पत्ता लगाउनेलाई

रासस-सिन्ह्वा अक्टोबर ५, २०२०

स्टकहोम । सन् २०२० को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘हेपाटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई दिने पुरस्कार छनोट समितिले सोमबार जनाएको छ । कारोलिन्स्का इन्स्टिच्युटको नोबेल सभाले सोमबार बेलायती वैज्ञानिक माइकल हटन तथा दुई अमेरिकी वैज्ञानिक जे अल्टर र चाल्स एम राइसलाई ‘हेपाटाइटिस सी’ जिवाणु पत्ता लगाएकोमा पुरस्कृत गर्ने घोषणा गरेको हो ।

यो वर्षको एक करोड स्वीडिस क्रोना (करिब एघार लाख २० हजार ) नोबेल पुरस्कार पुरस्कृत तीनै व्यक्तित्वलाई बराबर बाँडिने नोबेल पुरस्कार प्रतिष्ठानले बताएको छ । उहाँहरूको अनुसन्धानका कारण इतिहासमा पहिलो पटक विश्वमा हेपाटाइटिस सी निको पार्न सकिने भएको छ ।

सन् २०२० को चिकित्साशास्त्रको पुरस्कारबाट सम्मानित हुने घोषणा गरिएका यिनै वैज्ञानिकका कारण बर्षेनी सयौँ लाख व्यक्तिको ज्यान लिने गरेको असाध्य रोग (क्रोनिक हेपाटाइटिस) परीक्षण तथा उपचार सम्भव भएको हो । नोबेल समितिका महासचिव थोमस पर्लम्यानले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘आफूले पुरस्कृत तीनमध्ये दुई व्यक्तित्वलाई भेटेको र उहाँहरूलाई पुरस्कृत गरिएको सूचनाले उहाँहरू आश्चर्यचकित, खुशी, र पुलकित हुनुभएको थियो ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू